शेयर बजार : एक अर्ब आठ करोड बढीको कारोबार

काठमाडौँ,  जेठ ५ । धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको रु दुई अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ४८ अंकले बढेर अन्तिम दिन १३३९ दशमलव ६५ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १२ अंकले बढेर २८२ दशमलव ३० अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको दुई लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । (रासस)

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 3:23 pm