देशको संक्रमण सकिए पनि कर्मचारीको संकमण बाँकीः मन्त्री पण्डित

काठमाडौं, जेठ ५ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले देशको संक्रमण सकिएपनि कर्मचारी संक्रमण वाँकी रहेको बताएका छन् ।

शनिवार स्याङ्जाको सदरमुकाममा स्थानीय तहका प्रमुख, उप—प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीलाई काम गर्ने वातावरण बनाएको भन्दै सरकारलाई सहयोग गरेर संक्रमण अन्त्य गराउन आग्रह गरे ।

मन्त्री पण्डितले देशमा तीनवटा सरकार रहेकाले कर्मचारीले पनि एक अर्काबाट स्वतन्त्र रहेर काम गर्नुपर्ने बताए । तीन तहका सरकारलाई सहयोग गर्ने महत्वपुर्ण जिम्मेवारी निजामती कर्मचारीको काँधमा आएको उनको भनाई छ ।

उनले कर्मचारीलाई सरकारले जहाँ खटाएको छ, त्यही ठउँबाट सेवा गर्न निर्देशन दिए । सरकारले खटाईएको ठाउँमा नजाने कार्य सम्पादनमा अनियमितता गर्ने कर्मचारीलाई सरकारले विदाई गर्ने मन्त्री पण्डितले चेतावनी दिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 2:37 pm