फाेटाे पत्रकार श्रेष्ठले चढिन सगरमाथा

काठमाडौं, जेठ ५ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्  ।

शनिवार बिहान ८.१० मिनेटमा सर्बोच्च  शिखर पुगेसंगै   श्रेष्ठ सर्बोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन  ।

श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन्   ।

 

फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी पनि गरेकी छन्  ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 2:31 pm