एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

काठमाडौं, जेठ ५ । अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् ।

विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका हुन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 7:15 am