दज्र्यानी चिह्न प्रदान

काठमाडौं, जेठ ५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको नीति र उद्देश्यप्रति गम्भीर भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका पदाधिकारीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले पदोन्नतीसँगै पदीय जिम्मेवारी थपिएकाले सोहीअनुरुप उत्कृष्ट काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । महानिरीक्षक खनालले कानुनी रुपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिप्रति कठोर भई निर्भिकताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नती हुने १६ र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुने २१ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । (रासस)

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 6:31 am