अमेरिकाको एक विद्यालयमा फेरि गोली प्रहार, १० जनाको मृत्यु

टेक्सास, जेठ ४ । अमेरिकाको टेक्सासमा रहेको एक एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

ह्यसटनबाट ६५ किलोमिटरको दूरीमा रहेको सेन्टा फी हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी रहेको स्थानीय अधिकारी एड गोन्जालेजले बताएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार बिहान स्कूल सुरु हुनेबेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

गोली काण्डमा संलग्न भएको आरोपमा एकजना छात्र पक्राउ परेका छन् ।

गएको फेब्रुअरीमा फ्लोरिडाको पार्कल्याण्डमा रहेको विद्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारमा १७ जनाको ज्यान गएको थियो । त्यसपछि अमेरिकाभर युवाको अगुवाईमा बन्दुक नियन्त्रण सम्बन्धी कानुन बलियो बनाउन माग गर्दै अभियान सुरु भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 10:18 pm