रु. १०० मै इन्स्योरेन्सको ९९ लाख ३६ हजार कित्ता शेयर निष्काशन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले शुक्रबार ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर रु. १०० मै निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटललाई नियुकित गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 9:04 pm