कति आवेदन पर्यो रैराङ हाइड्रोपावरको, यस्तो छ अन्तिम…

काठमाडौं, जेठ ४ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको आईपिओमा १८ दशमलव शूइ ८ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि निष्काशन गरेको ७ करोड ६४ लाखको माग गरिएको आईपिओमा १ अर्ब ३८ करोड १० लाख ४३ हजार रुपैयाँको आवेदन परेको हो ।

रैराङ हाइड्रोपावरले एकसय रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आईपिओ निष्कासनको लागि धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीको ४ प्रतिशत शेयर ३३ हजार ६ सय कर्मचारीका लागि, ५ प्रतिशत ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

विक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कुल १ लाख ७७ हजार ३८६ जना आवेदन गरेको जनाएको छ । जुन आईपिओ प्राप्त गर्नेभन्दा १ लाख ९८६ जना बढी हो । कम्पनीको आईपीओ ७६ हजार ४०० जना भाग्यमानी आवेदनकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले आइपीओे निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । इच्छुक लगानीकर्ताहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले व्यवस्था मिलाएको थियो । बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुल्ला गरेको थियो । आवश्यक भन्दा माग बढी आएकोले विहीबारदेखि बन्द गरिएको छ ।

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल प्रभावित स्थानीय पाँचथर र ताप्लेजुङवासीका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 6:35 pm