शुक्रबार दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं, जेठ ४ । शुकबार दुई कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको हकप्रद र बोनस शेयरको लागि मूल्य समायोजन भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ८ सय २० दशमलव १९ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ८ सय ५६ दशमलव १० तोकेको छ ।

त्यसैगरि, वोमी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको ३० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. १ हजार ४ सय ३० तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. १ हजार ३ सय ६८ दशमलव ८८ तोकेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 5:23 pm