मिर्मिरे माइक्रोफाइनान्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं, जेठ ४ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शयर निष्काशन गर्न जेठ १८ गते बुक क्लोज गर्ने भएको छ । जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ ।

हकप्रद शेयर बिक्री प्रबन्धकको रुपमा एनआइबीएल एस क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीले रू. १ सय अङ्कित दरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 5:13 pm