एकै दिन नौ कम्पनीको शेयर नेप्सेमा सूचिृकत, कुन कुन छन् ? (सूचिसहित)

काठमाडौं, जेठ ४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार नौ कम्पनीको कुल २ करोड ९० लाख ५२ हजार ५४.८४ कित्ता सेयर सूचीकृत भएको छ । यसमध्ये ६८ लाख ६९ हजार ५१.१ कित्ता बोनस र २ करोड २१ लाख ८३ हजार ३.७४ कित्ता हकप्रद सेयर परेका छन् । सूचिकृत भएका मध्ये दुई कम्पनीको हकप्रद शेयर र सात कम्पनीका बोनस शेयर सूचिकृत भएका हुन् ।

हेर्नुहोस कुन कम्पनीको कति ?
१. प्रभु बैंक लिमिटेडः हकप्रद शेयर २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता,
२. पोखरा फाइनान्स कम्पनी लिमिटेडः हकप्रद शेयर ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता र
३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडः बोनस शेयर ९ लाख ६९ हजार ७९३ दशमलव ६६ कित्ता,
४. नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २ लाख ३ हजार ५६० कित्ता
५. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडः बोनस शेयर २७ करोड ५७ लाख २३१ कित्ता,
६. सिर्जना फाइनान्स लिमिटेडः बोनस शेयर ९ लाख ८२ हजार ८ सय कित्ता,
७. समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर ६३ हजार २ सय कित्ता,
८. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडः बोनस शेयर ११ लाख ९७ हजार ६९ दशमलव ४४ कित्ता,
९.प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडः बोनस शेयर ६ लाख ९५ हजार ३९७ कित्ता

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 4:56 pm