संसदमा नयाँ बरियाताक्रम

काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीका नेताले आफूहरुले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको संसदलाई जानकारी गराएका छन् ।

शुक्रबारको संसद बैठकमा साविकको एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेको जानकारी गराएका हुन । शुक्रबारको संसद बैठकबाटै नेकपा (साविकका एमाले र माओवादीका) नेताहरु सत्तारुढ बेञ्चमा नयाँ वरियताक्रमअनुसार बसेका छन् ।

नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् ।

प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 4:33 pm