आइ पी एलमा शुक्रबार दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किंग्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना उच्च

काठमाडौँ, जेठ ४ । ईन्डियन प्रिमियर लिग क्रिकेटमा आजको खेलमा दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राती सवा ८ बजे फेरोज शाह कोत्ला मैदान दिल्लीमा हुनेछ ।

अहिलेसम्मको १२ वटा खेलमा ८ मा जित निकालेको चेन्नई १६ अंकसहित अंक तालिकाको दोस्रोस्थानमा रहेको छ भने समान खेलमा ३ मा मात्रै जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ ।

चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ ।
बिहिबार (हिजो) भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गरेको थियो ।

आजको खेलमा चेन्नई बिरुद्ध नेपालका लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने सम्भावना उच्च रहेको छ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लीग आइपिएलको पहिलो खेलमै विकेट लिएका थिए ।

लामिछानेले रोयल च्यालेन्जर्स बैंलोरका पार्थिव पटेललाई एलविडब्लु आउट गरेका थिए । चार ओभर बलिग गरेका सन्दीपले जम्मा २५ रन दिएर १ विकेट लिएका हुन् । लामो समय बेन्चमा रहेका सन्दीपलाई शनिबारको ४५ औ खेलमा सहभागी गराइएको थियो ।

दिल्ली डेयर डेभिल्सले मे १६ मा आफ्नो ट्वीट गर्दै दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किंग्स हुने खेलमा कति विकेट लिन्छन होला भनेर पोस्ट गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /