एनएडीईपी लघुवित्तको १६ लाख कित्ता आईपीओ निष्काशन हुने

वैशाख, जेठ ४ । एनएडीईपी लघुवित्त वित्तिय संस्थाले साधारण शेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई नेपाल धितोपत्र बोर्डले जेठ ३ गते स्विकृत दिएको छ ।

लघुवित्तले शेयर विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैककिङ् लिमिटेडलाई नियुक्ति गरेको छ । धितोपत्र बोर्डले १६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 8:41 am