नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

काठमाडौं, जेठ ४ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ ।

पार्टीका जनसंगठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय थिए ।

शुक्रबार विघटित पार्टीका सूचना पाटीहरु झिकिने छ । निर्वाचन आयोगमा बुधबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 7:39 am