पाहुनाको स्वागतमा सोझै ५० लाख

काठमाडौं, जेठ ४ । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ ।

महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो प्रावधानले आर्थिक हिनामिनाको जोखिम बढाएको छ । आजको नागरिकले यो समाचार छापेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 6:28 am