एमाले माओबादी पार्टी एकता हुने भए पछि बाबुरामले यस्तो लेखे

काठमाडौं, जेठ ३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ अंगीकार गरेको हो भनी प्रश्न गरेका छन् ।

बिहिबार ट्विटरमा “मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन !” लेखेका उनले मदन भण्डारीको स्मृति दिवसको दिनमा एकता घोषणा गर्नु सांकेतिक अर्थ पनि सोधेका छन् ।

साथै उनले पार्टी एकतालाई एमाले र माओवादी केन्द्रको विलय भनी टिप्पणी गरेका छन् । उनले अहिले हुन लागेको पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि होइन प्रष्ट पार्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 1:28 pm