प्रभु इन्सुरेन्सले हकप्रद निष्काशन गर्दै , कहिले हुने भयो बुक क्लोज ?

काठमाडौं, जेठ ३ : प्रभु इन्सुरेन्सले निस्काशन गर्न लागेको हकप्रदको लागि बुक क्लोज को मिति तय गरेको छ ।

इन्सुरेन्सले ४६% हकप्रद निष्कासन गर्न जेठ १४ गते बुक क्लोज गर्ने भएको हो ।

जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । प्रभु इन्सुरेन्सले निस्काशन गर्न लागेको उक्त हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । ४६% हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 12:52 pm