बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, जेठ ३ । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुुधबार प्रति तोला हजार पांच सय रुपैयाले घटेर प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रति तोला तिन सय रुपैयाले घटेर प्रति तोला ५८ हजार ४०० मा कारोबार भैरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार घटेर प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएको छैन, बुधबार चाँदी प्रतितोला रु ७६५ मा कारोबार भएको थियो भने बिहिबार पनि सोहि मूल्य अर्थात् प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 11:39 am