गाडीको ठक्करले शिक्षकको मृत्यु

बाँके, जेठ ३ । गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ ।

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो । (रासस)

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 9:38 am