८ लाख ४० हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, जेठ ३ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ३१ गतेदेखि निष्काशन गरेकोसाधारण शेयर (आइपीओ) मा आवेदन दिने बिहीबार अन्तिम दिन हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आईपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

कम्पनीको ४ प्रतिशत शेयर ३३ हजार ६ सय कर्मचारीका लागि, ५ प्रतिश ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओे निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल प्रभावित स्थानीय पाँचथर र ताप्लेजुङवासीका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री
गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन हुन लागेको हो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 8:43 am