तलब बढाउन कर्मचारीको लबिङ

काठमाडौं, जेठ ३ । निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशब्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् ।

निजामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो । युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग रोखेको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 6:57 am