एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा भोलि

काठमाडौं, जेठ २ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा बिहिबार हुने भएको छ । दिउँसो बसेको एमालेको स्थायी कमिटिको बैठक र माओवादी केन्द्रको केहबेरअघि सकिएको बैठकले पार्टी एकताको अन्तिम मिल्न वाँकी रहेको एजेण्डामा सहमति जुटाएपछि एकता मिति तय भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग सहमति भएको विषय बैठकमा जानकारी गराएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार झण्डै दुई घण्टा एक्ला एक्लै वार्ता भएको थियो । वार्तामा विगतमा मिल्न वाँकी रहेका विषयमा सहमति भएको र बिहिबार एमालेका तत्कालिन महासचिव मदनभण्डारीको हत्या भएको दिन पारेर भण्डारीको तस्वीरमा माल्यार्पण गरेर एकता घोषणा गर्ने सहमति बनेको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए ।

अब एमालेका २४१ सदस्य र माओवादी केन्द्रबाट २ सय जना गरी ४४१ केन्द्रीय सदस्य रहने सहमति पनि बनेको छ, जसलाई माओवादी केन्द्रको हेडक्वाटर बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /