ए डिभिजन लिग असोज १३ देखि सञ्चालन हुने

काठमाडौं, जेठ २ । राष्ट्रिय ए डिभिजन लिग आगामी असोज १३ गतेदेखि हुने भएको छ । उक्त घोषणा अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले बुधबार लिगको मिति घोषणा गरेको हो ।

लिगमा १४ वटा क्लबको सहभागिता रहने पनि एन्फा लिग कमिटीले जनाएको छ । लिगमा थ्रीस्टार क्लब, मनाङ् मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यू रोड टिम एनआरटी, ब्रिगेड ब्वइज क्लब, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, मच्छिन्द्र, संकटा क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउनेछन् ।

यस्तै तीन विभागीय टोलीहरूमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पनि रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 8:16 pm