नेप्से बढेपनि खासै बढेन कारोबार, यस्तो छ कारण

काठमाडौँ, जेष्ठ २। साताको चौथो दिन बुधबार भने नेप्सेमा सुधार आएको छ । बुधबार नेप्से ४ दशमलब १६ अंकले बढेर १ हजार ३ सय ३८ दशमलब १ अंकमा पुगेको छ ।

अघिल्लो दिन मंगलबार भने नेप्से ४ दशमलव ३२ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ८५ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्से संगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार १ सय ४३ कम्पनीहरुको ३ लाख १९ हजार २ सय ६० कित्ताको शेयर खरिदबिक्री भइ १४ करोड ९२ लाख ३९ हजार ९५५ रुपैयाँ कारोबार भएकोमा बुधबार भने १५८ कम्पनीको ४ लाख २३ हजार ३ सय ७६ कित्ता शेयर कारोबार हुँदा २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन फाइनान्स र उत्पादन समूह बाहेक कारोबारमा आएका अरु सबै समूह बढेका छन् । यस दिन फाइनान्स २ दशमलब ८४ अंक, उत्पादन ६ दशमलब ८७ अंकले घटेका छन् ।

त्यस्तै यसदिन होटल्स समूह ४६ दशमलब १४ अंकले बढेको छ भने लघुवित्त २२ दशमलब ८४ अंक, जलबिधुत १३दशमलब १३ अंक, बिकास बैंक ९ दशमलब २८, ट्रेडिङ्ग समुह २ दशमलब ९१ अंक, बैकिंग समूह १ दशमलब ४६ अंक, अन्य समूह शुन्य दशमलब ६२ अंक र बिमा समूह सुन्य दशमलब १९ अंकले बढेका छन् ।

यस दिन सर्बाधिक कमाउनेमा मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले रहेका छन् जसको शेयर मूल्य ९ दशमलब ९७ अंकले बढेको छ । यस दिन ५ कम्पनीका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढी कमाएका छन् । यस दिन जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ दशमलब ९५ प्रतिशत, हिमालयन डिष्टलरी लिमिटेडका लगानीकर्ताले ६दशमलब ५१ अंक, वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले ६ दशमलब २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै यस दिन ६ कम्पनीका लगानीकर्ताले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् । सर्बाधिक गुमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकिंग ४ दशमलब ३१ प्रतिशत, मिथिला लघुवित्त ३ दशमलब ९१ प्रतिशत रहेका छन् ।

लगानीकर्ताको डिम्याट खाता अद्यावधिक गर्ने कार्य चलिरहेको र नयाँ बजेट आउने दिन नजिकिदै गर्दा नयाँ बजेटमा समेटिने नीति कस्ता हुन्छन भन्ने विषयमा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण कारोबार खासै बढ्न सकेको देखिदैन ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 3:38 pm