कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ, जेठ २। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् ।

कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

यस वर्षको वसन्त ऋतुमा उनि सहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 2:33 pm