के भयो ओली र प्रचण्डको बालुवाटार भेटवार्तामा ?

काठमाडौं, जेठ २ । एमाले र माओवादी केन्द्रपार्टीको एकता प्रक्रियालाई टुंगोमा पु-याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ ।

विहीबार विहान १० बजे पार्टी एकता संयोजन समितिको बैठकको बैठक बोलाउने सहमती भएको छ ।

पछिल्लो समय दुई पार्टी एकीकरणका लागि दुई पार्टीका अध्यक्षबीच वान टु वान हुँदै आएकोमा अहिले आए फेरि एकता संयोजन समितको बैठक बोलाइएको हो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 12:17 pm