बुधबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं, जेठ २ । बुधबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुुधबार छापावाला सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ५ रुपैयाँले घटेर चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 12:08 pm