मन्त्री यादव नर्भिक अस्पताल भर्ना

काठमाडौँ, जेठ २ । आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शिव कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 11:53 am