मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालकको मृत्यू

काठमाडौं, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि बुधबार बिहान सवा ६ बजे उडेको मकालु एयरको 9N AUj कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।

विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमानमा चालक दलका दुई सदस्यहरु किरण भट्टराई रहेका र अर्का आदित्य नेपाली रहेक थिए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 11:30 am