आईपीएलमा बुधबार मुम्बई र किङ्स भिड्दै

काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग क्रिकेटमा बुधबार मुम्बई इन्डियन्स र किङ्स ईलाभेन पञ्जाले प्रतिस्पर्धा गर्दैछन् ।

खेल वाङ्खेडे स्टेडियम मुम्बईमा नेपाली समयअनुसार राती सवा ८ बजे हुनेछ । अहिलेसम्मको १२ खेल खेलेको मुम्बई ५ मा मात्रै जित निकाल्दै १०अंकसहित अंकतालिकाको छैठौं स्थानमा रहेको छ भने समान खेलमा ६ मा जित निकालेको पञ्जाव १२ अंकसहति तालिकाको पाँचौस्थानमा रहेको छ ।

मंगलबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेका थियो । १ सय तिरचालिस रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो । टस हारेर पहिले व्याटिङ गरेको राजस्थान रोयल्सले १९ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /