दुई कोरिया बीच हुने शिखर बैठक रद्ध

काठमाडौं, जेठ २ । बुधबार हुने भनिएको दक्षिण कोरिया र उत्तर कोरियाबीचको उच्च शिखर बैठक उत्तर कोरियाले रद्ध गरेको छ ।

अमेरिका तथा दक्षिण कोरियाले संयुक्त रुपमा सैन्य अभ्यास थालेकोमा आक्रोस पोख्दै उत्तर कोरियाले बैठक रद्ध गरेको हो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले उनीहरुको सैन्य अभ्यास, उत्तेजना र आक्रमणका लागि गरिएको एउटा अभ्यास भएको जनाएको छ ।

साथै आगामी जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भनिएको उच्च शिखर बैठक पनि अन्योलमा रहेको संकेत गरेको छ ।

गत अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाका प्रमुखबीच भएको सहमतीका विषयमा आज छलफल अघि बढाईने बताईएको थियो । गैरसैन्य क्षेत्र पानमुनजोमका हुने भनिएको बैठकमा कोरियन प्रायद्विपमा परमाणु निसस्त्रीकरण गर्ने सम्झौताका बारेमा थप छलफल हुने बतार्ईएको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 10:03 am