हराइरहेकाे मकालु एयरकाे विमान भेटियाे

काठमाडौं, जेठ २ । बुधबार विहानदेखि सम्पर्कविहिन भएको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सुर्खेत विमान स्थलबाट बिहान ६ बजेर १२ मिनेटमा ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटना ग्रस्त भएको थियो ।

बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ भएको प्रहरीले जनाएको छ । ९एन एजेयु कल साइन भएको कार्गाे जहाजमा चालकदलका २ सदस्य मात्रै थिए ।

जहाज क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीले उडाएका थिए । बिहान ६ः५५ मा सिमिकोट विमानस्थल पुग्नु पर्ने बिमान ६ः४५ बजे सम्पर्क विहिन भएको थियो ।

उडेको लामो समयसम्म पनि जहाज हुम्ला सदरमुकाममा अवतरण नगरेपछि सम्पर्कविहिन भएको भन्दै खोजिका लागि हेलिकप्टर पठाइएको थियो । जहाज बाजुराको बगरमा भेटिएको बताइए पनि त्यस बारेमा थप विवरण आइसकेको छैन ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 9:58 am