मिर्मिरे माइक्रोफाइनान्सको बुक क्लोज बुधबार

काठमाडौं, जेठ २ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा प्रयोजनका लागि बुधबार बुकक्लोज गरेको छ ।

माइक्रोफाइनान्सले ३० दममलव ८० प्रतिशत बोनस शेयरसहित विविध प्रस्ताव पारितका लाग जेठ २५ गते ७ औं साधारण सभाको आयोजना गर्ने भएको हो ।

मंगलबारसम्म शेयर स्वामित्व कायम भएका शेयर सदस्यहरुले उक्त बोनस प्राप्त गर्नेछन् । माइक्रोफाइनान्सले सभामा वार्षिक प्रगति प्रतिवेदन, कम्पनीको नाम तथा ठेगाना परिवर्तन लगायत विविध प्रस्ताव लैजादैछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 8:50 am