सिंहदरबारको अधिकार पुगेन गाउँमा

काठमाडौं, जेठ २ । स्थानीय सरकार गठन भएको झन्डै १ बर्ष पुगेको छ । दुई दशकसम्म जनप्रतिनिधि विहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए ।

तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो ।

तर, ती पदाधिकारीको बर्ष दिनको कर्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ । यो खबर आजको नागरिक दैनिकबाट हामीले लिएका हौं ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /