निरीह जनप्रतिनिधि

दाङ, जेठ २ । सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए । त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो ।

तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए ।

एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चालकलाई शारदाबाटै लमही नगरपालिकामा तानियो । आ’फू गएपछि करारका कर्मचारी सबै तानियो’ शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले भने ‘सक्षम कर्मचारीलाई एकैसाथ सरुवा गरिँदा काम गर्न झनै समस्या भयो ।’ आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 6:21 am