रु.१०० मै माइक्रोफाइनान्सको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन हुने

काठमाडौं, जेठ १ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले मिर्मिरे माइक्रोफाइनान्सलाई ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न जेठ १ गते मंगलबार अनुमति दिएको हो ।

माइक्रोफाइनान्सले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबीएल एस क्यापिटललाई नियुक्ति गरेको छ ।

हाल यस लघुवित्त कम्पनीको चुक्ता पुँजी पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद शेयरपछि लघुवित्तको पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /