मेघौलीमा महिनावारी सचेतना

चितवन, जेठ १ । चितवनको भरतपुर महानगरपालिकाको मघौलीमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी’ भन्ने नारा सहित गान्धी इन्टरनेशनल मिसन नेपालद्वारा सञ्चालित सचेतना अभियान अन्तरगत शनिवार भरतपुर मनगरपालिकामा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महानगरको वडा नं. २७ र २८ का करिव दुई सय महिलाहरुको सहभागिता रहेको थियो । थारु समुदायको बाहुलियता रहेको मेघौलीमा महिनावरी हुँदा गर्नु पर्ने सरसफाई, किशोरीहरुमा महिनावारी हुँदा आउने समस्या र हेरचाहको विषयमा सहभागिहरुलाई जानकारी दिएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तथा सरसफाई सम्बन्धी सामग्री समेत वितरण गरिएको थियो । महिनावारी महिलाहरुमा हुने साधारण प्रक्रिया भए पनि महिनावारीको समयमा राम्रो हेरचाह र सरसफाई नगर्दा असाधरण समस्या आउने र ज्यानै जान सक्ने भएकोले महिनावारी सम्बन्धी परम्परागत धारणामा परिर्वत ल्याउँन अभियान सञ्चालन गरिएको गान्धी इन्टरनेशलन मिसनकी स्वास्थ्य संयोजक डाक्टर अंकिता अग्रवालले जानकारी दिइन ।

महिला स्वाथ्य सुरक्षा सबल भए मात्र समृद्ध नेपालको परिकल्पना सकार हुँने भएकाले महिला तथा किशोरीहरुको स्वास्थ्यको लागि महिनावारी स्वाथ्य अभियान सञ्चालन गरिएको डा. अग्रवालले बताईन ।

कार्यक्रममा सहभागि वडाध्यक्ष गोविन्द तामाङले स्वाथ्य अभियानले महिलाको स्वाथ्य सुरक्षामा सहयोग पुगेको धारण राखे । मेघौली स्वाथ्य केन्द्रको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा डा. अंकिता अग्रवाल, डा. ओमा सापकोटा र डा. मदन वस्नेत तथा नेपाली सेना स्वाथ्य विज्ञान विज्ञान प्रतिष्ठानमा चिकित्शा शास्त्र अध्ययन विद्यार्थी तथा चितवन मेडिकल कलेजका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहले महिनारी सम्बन्धि विभिन्न विषयमा जाकारी गराए थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /Tuesday, May 15th, 2018, 5:46 pm