राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

काठमाडौं, जेठ १ । नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको सोमबार उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले राससलाई जानकारी दिनुभयो ।

“उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भन्नुभयो, “जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु ग¥याँै, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, सोमबार बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /Tuesday, May 15th, 2018, 5:45 am