लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द

भक्तपुर, जेठ १ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले सो दिन जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गरिने चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

यता एमाले भक्तपुरले एमाले भक्तपुरसचिव एवं प्रदेश नं ३ का प्रदेश सदस्य लामिछानेको निधनमा शोक मनाउँदै तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको जिल्ला कमिटीका कावा अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /Tuesday, May 15th, 2018, 5:23 am