नारायणगढ–मुग्लिन सडक निर्माणको समय थप गर्न माग

फाइल तस्विर

काठमाडौं, वैशाख ३१ । नारायणगढ–मुग्लिन सडक आयोजनाको निर्माणको समय पुनः थप गर्न निर्माण कम्पनीहरुले माग गरेका छन ।

चौथोपटक मिति थप गर्दा पनि निर्माण सम्पन्न नहुने भएपछि कम्पनीहरुले पुनः मिति थप गर्न माग गरेका हुन् ।

चौथो पटकको मिति थप अनुसार पहिलो खण्डको वैशाख २७ गते मिति सकिएको छ भने दोस्रो खण्डको जेठ ६ गते सकिदैछ भने तेस्रो खण्डको जेठ १७ गते सकिदैछ ।

आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार हालसम्म समग्रमा ६.३ प्रतिशत काम सम्पन्न भएको छ ।

पहिलो खण्डको ८३.३ प्रतिशत, दोस्रो खण्डको ९५.७३ प्रतिशत र तेस्रो खण्डको ८०.१३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:16 pm