औषधिको मूल्य एकरुपता

काठमाडौं, वैशाख ३१ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सबै औषधि पसलमा औषधिको मूल्यमा एकरुपता ल्याउने बताउनु भएको छ ।

नेपाल औषधि ब्यावसायी संघले गरेको कार्यक्रममा मन्त्री अर्यालले औषधिमा फरक–फरक मूल्य हुँदा उपभोक्ता ठगिने गरेकाले सबै औषधि पसलमा एकै खालको औषधिको मूल्य बनाउनका लागि आफूले कदम चाल्ने बताउनुभयो ।

पैसा नहुनेको पहिचान गरिबी कार्डबाट गरिने बताउँदै स्वास्थ्य राज्यमन्त्री अर्यालले गरिबी परिचय कार्ड ३३ जिल्लामा वितरण भइसकेको र बाँकी जिल्लामा चाँडै गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:03 pm