गृहमन्त्री थापा भन्छन– देश माफियाले चलाएको छ

काठमाडौं, वैशाख ३१ । गृहमन्त्री रामबहादुर थापाले देश माफियाहरुले चलाइरहेको बताएका छन् ।

पोखरामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देश ठेकेदार, तस्कर र माफियाको कब्जामा रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

देशमा मुठीभर व्यक्तिले देशको अर्थतन्त्र होल्ड गरिरहेकाले आर्थिक समृद्धिको बाधक त्यही तत्व भएको मन्त्री थापाको भनाई छ ।

हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको भन्दै उनले भ्रष्टाचार र एकाधिकारको प्रणालीलाई अन्त्य गर्न सरकारले गृहकार्य जारी राखेको जानकारी दिए ।

गृहमन्त्री थापाले महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको दाबी गर्दै त्यस्ता तत्वलाई कारवाही गर्ने उद्घोष गरे ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 6:57 pm