बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं, वैशाख ३१ । महिनाको अन्तिम कारोबार दिन सोमबार पनि नेप्से घटेर बजार बन्द भएको छ । यस दिन नेप्से १० दशमलब २८ अंकले घटेर १ हजार ३ सय ३८ दशमलब १७ अंकमा पुगेको छ ।

नेप्से ७ दशमलब ७० अंकले घटेर १ हजार ३ सय ४८ दशमलब ४५ अंकमा पुगेको छ ।

गत हप्ताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से ७ दशमलब ७० अंकले थियो ।

नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार आएको छ । साताको अन्तिम कारोबारको दिन बजारमा १ सय ६१ कम्पनीका ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार १६३ कम्पनीको १० लाख ७ हजार ७ सय ६४ कित्ता सेयर कारोबार हुँदा ४२ करोड ५१ लाख ९४ हजार २ सय ९९ रुपैयाको कारोबार भएको छ ।

त्यसमा सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडले ६ करोड ४७ लाख भन्दा बढीको कारोबार गर्यो । यस्तै सिद्धार्थ इन्स्योरेन्सको २ करोड ५२ लाख बढीको कारोबार भयो ।

बजारमा यो दिन ३ समूह बाहेक अरु समूहको सूचक रातो भएका छन् ।

होटल समूह ८.६६, उत्पादन समूह २५.६१  अन्य समुह ३.६३  अंकले बढेका छन् । त्यस्तै   बैकिङ समूह १०.४ अंकले घट्यो भने व्यापार समूह २.६२  , विकास बैंक समूह २६.९१ , जलविद्युत समूह १५.५ , बित्त समूह ७.४८, बिमा समूह ६९.९६  र माइक्रोफाइनान्स समूह २२.५९  अंकले घटे ।

यो दिन हिमालयन डिष्ट्रिलरिका  लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, उन्नति  माइक्रोफाइनान्सको मूल्य ७ .०६  प्रतिशतले वृद्धि भयो ।

यस दिन  गुमाउने कम्पनीहरु ..

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /