यस्तो छ सोमबार सुनचाँदीको मूल्य

काठमाडौं, बैशाख ३१ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । यसदिन छापावाला सुन प्रतितोला ५९ हजार दुइ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 12:19 pm