रु. १०० मै ६५ लाख ३३ हजार १०८ कित्ता आवेदन दिने आज अन्तिम दिन !

काठमाडौं, बैशाख ३१ । देवः विकास बैंकले चैत २६ गते बिक्री खुल्ला गरेको हकप्रद शेयर बिक्रि बैशाख ३१ गते (आज) सम्म खुल्ला हुने भएको छ । बैंकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रदको बिक्री खुल्ला गरेको थियो ।

बैंकको हकप्रद शेयरमा फागुन १६ गतेसम्म कायम रहेका शेयरधनीले आबेदन दिन पाउने छन् । यस अघि वैशाख ३० गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा ३० गते सार्बजनिक बिदा परेकोले आज एक दिन समय थप गरिएको छ ।

बैंकले साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता सेयर निष्काशन गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यपिटल रहेको छ ।

फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै एनआइबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल,पोखरा देवको सबै शाखा कार्यालयबाट आवेदन गर्नसक्ने व्यवस्था रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 11:36 am