रु. १०० मै २८ लाख ८७ हजार कित्ता शेयर आजदेखि निष्काशन !

काठमाडौं, वैशाख ३१ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर आजबाट निष्काशन गरेको छ । कम्पनीले १०ः४ अनुपातको हकप्रदश शेयर वैशाख ३१ गतेदेखि निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको वैशाख ४ गतेसम्म कायम शेयरधनीहरुका लागि १० बराबर ४ को अनुपातमा हकप्रद खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर वैशाख ३१ गतेदेखि असार ३ खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 10:13 am