रैराङ हाइड्रोपावरको आइपीओ आजबाट निष्काशन

काठमाडौं, वैशाख ३१ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजेदेखि साधारण शेयर (आइपीओ) निश्कासन गरेको छ । कम्पनीले एकसय रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आईपिओ निष्कासनको लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीको ४ प्रतिशत शेयर ३३ हजार ६ सय कर्मचारीका लागि, ५ प्रतिश ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओे निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुल्ला हुनेछ ।

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल प्रभावित स्थानीय पाँचथर र ताप्लेजुङवासीका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन हुन लागेको हो ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 9:54 am