अब आरक्षण एकपटक मात्र

काठमाडौं, वैशाख ३१ । अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ ।

आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 8:23 am