प्लटिङले सुकाउँदैछ पोखरी

ललितपुर, वैशाख ३१ । ललितपुरको धापाखेल स्थित अग्लो टापुलाई सम्मो पारेसँगै ऐतिहासिक नाग दह पोखी सुक्ने अवस्थामा पुगेको छ । भिराले र रुम विरुवा भएको जग्गा खारेर पार्खाल उठाएसँगै पोखरीमा आउने पानी स्रोत घटेको हो ।

स्थानीय बासिन्दाका अनुसार प्लटिङ बढेसँगै पोखरी आसपासको क्षेत्रका रुख काटिएका छन् । रुख काटिएसँगै पानीको स्रोत सुकेका हुन् । ‘पोखरीमा समस्या पुगेको छ नै, स्थानीय श्यामप्रसाद घिमिरेले भने उचित ढल र निकासको प्रबन्ध नगरी प्लटिङ गरेको छ । अहिले घरबाट निष्किएको फोहोर पोखरीमा मिस्सिएको छ ।’

त्यसक्षेत्रमा लामो समय देखि जग्गा कारोबार गर्दै आइरहेका कर्म लामा लगायतले जथाभावी प्लटिङ गरेका हुन् । पोखरी आसपासको भिराले जमिनलाई ५ फिट भन्दा माथि प्लटिङ उठाइएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:36 am